क्षुद्रग्रहबाट नमूना लिएर नासाको यान पृथ्वीमा फर्कियो

पृथ्वी नजिकैको क्षुद्रग्रहबाट नमूना लिएर नासाको यान पृथ्वीमा फर्किएको छ । छुद्रग्रहबाट फर्किकएको यान उटाह मरुभूमिमा अवतरण गरेको हो । यो अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको पहिलो क्षुद्रग्रह नमूना फिर्ता मिशन हो । जसको माध्यमबाट हाम्रो ग्रह र सौर्यमण्डल कसरी बन्यो भनेर जान्न अपेक्षा गरिएको छ । साथै ती जीवहरूको उत्पत्ति कसरी भए जसका कारण पृथ्वीमा जीवन सम्भव भयो भन्ने पनि अध्ययन हुनेछ । नासाको ओसिरिस आईएक्स अन्तरिक्ष यान सन्  २०२० मा बेनु क्षुद्रग्रहको सतहमा अवतरण भएको थियो ।  त्यसपछि यानले क्षुद्रग्रहबाट चट्टान र धुलोका नमूनाहरू संकलन गरेको थियो । आइतबार सो यान क्षुद्रग्रहको सामग्री सहितको नमूना लिएर पृथ्वीमा फर्किएको हो ।। 
 

प्रतिक्रिया