काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छरु। मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स र मुख्य बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको होरु । बाढीपहिरोले आयोजनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवक्र्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैनरु। ‘ड्रोन’ को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठुलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको आयोजनाले जनाएको छरु। बाढीपहिरोले मुहान र सुरुङमा क्षति पु¥याउन सक्ने भन्दै यो वर्ष असार ७ गतेदेखि पानी पथान्तरण रोकिएको थियोरु । यस वर्षको बाढीपहिरोले आयोजनाको हेडवक्र्स र मुहान क्षेत्रमा दुई वर्षअघिको जत्तिकै क्षति पु¥याएकाले आयोजनालाई पुनः सञ्चालनमा ल्याउन समय लाग्ने आयोजनाको भनाइ छ । मेलम्चीको पानी वितरण २०७९ वैशाख ११ गतेबाट अस्थायी रूपमा सुरु गरिएको थियोरु। बाढीपहिरोबाट क्षति हुन सक्ने भन्दै २०७९ जेठ १७ गते मेलम्चीको पानी वितरण पुनः बन्द गरिएको थियोरु। काठमाडौँमा २०७९ मङ्सिर २३ गते मेलम्चीको पानी पुनः वितरण सुरु गरिएको थियो । तर, यो वर्ष कहिलेदेखि पानी वितरण सुरु हुन्छ भन्ने विषय अनिश्चित रहेको आयोजनाको भनाइ छ ।

प्रतिक्रिया