आम आदमी पार्टीका विधायक गोगीको गोली लागेर मृत्यु

एजेन्सी । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ । 
.
पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो । गोली लागेपछि गुरप्रीतलाई लुधियानाको डी.एम.सी. अस्पतालमा लगिएको थियो । जहाँ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । 

भारतीय सञ्चार माध्यमका अनुसार उनको शवलाई डी.एम.सी. अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीलाई आफन्तले बताए अनुसार गल्तीवश गोगीले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो । 

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ । गुरप्रीत लुधियाना पश्चिम बाट आम आदमी पार्टीका विधायक थिए ।
 

प्रतिक्रिया