आयरल्याण्डको भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता

सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किएका छन । स्वदेश फर्केपछि आज त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भ्रमणका क्रममा नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको निदानका लागि आवश्यक उपचार पद्धतिमा प्रविधि लगायतको सहयोगबारे आफुले कुरा राखेको बताए । सभामुख घिमिरेले भ्रमणका क्रममा एक अर्का देशका नागरिकको भ्रमण, नेपालको हिमाल र सगरमाथा हेर्ने र आरोहणको लागि प्रोत्साहनबारे छलफल भएको बताए । 
सभामुख घिमिरेले नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगार, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण र नेपालमा आइरिस लगानी भित्र्याउने बारेमा पनि कुरा भएको बताए । भ्रमणका क्रममा आइरिस सदनको माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमर र आयरल्याण्डका राष्ट्रपति महामहिम माइकल डि. हिगिन्ससँग शिष्टाचार भेट भएको थियो । त्यस्तै उनले आयरल्याण्डका तल्लो सदन डोलय एरियनका सभामुख सान ओ फारगेल, आइरिस सरकारका आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओ ब्रायन, आइरिस सरकारका शिक्षा मामिला हेर्ने राज्यमन्त्री नियाल कोलिन्ससँगपनि छलफल गरेका थिए । 
 

प्रतिक्रिया