विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध

नवलपरासी ।   नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए ।

आज साँझ ५ बजेको समयमा पुलको बीच भाग भाँसिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताए । पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए । डाइभर्सन निर्माण गरी यातायात सुचारू गर्न केही समय लाग्ने प्रजिअ पोखरेलले बताए । 
 

प्रतिक्रिया