राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री ओली

काठमाडौंं  । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शुक्रबार अपराह्न शीतल निवास पुगेका छन् ।

कानुन मन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल र कानुन सचिव उदयराज सापकोटालाई लिएर प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया