कोशी प्रदेशको सबै भन्दा लामो झोलुङ्गे पुल सञ्चालनमा

झापा । कोशी प्रदेशको सबै भन्दा लामो झोलुङ्गे पुल सञ्चालनमा आएको छ । 

झापाको  बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको पुल बिहीबार देखि सञ्चालनमा आएको हो । 

पुल उदघाटन गर्दै झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली कांग्रेसका महामन्त्री  विश्वप्रकाश शर्माले पुलले स्थानीयवासीको जीवन बदल्ने विश्वास लिएको बताए । 

पुलको लम्बाइ ४ सय ७७ मिटर लामो छ भने यसको निर्माणमा ५ करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको छ । पुलको भारवहन क्षमता ९० मेट्रिक टन छ । पुल एकैपटकमा ६ सय ४७ जनाले ओहोरदोहोर गर्न मिल्ने बताइएको छ ।
 

प्रतिक्रिया