पश्चिमा मुलुकले झुठको खेती गरिरहेको रुसको आरोप

रुसी विदेशमन्त्री सर्गेई लाभारोभले पश्चिमा जगतले झुठको साम्राज्य चलाईरहेको आरोप लगाएका छन । राष्ट्रसंघीय महासभालाई सम्बोधन गरिसकेपछि पत्रकारसँग कुरा गर्दै लाभारोभले युक्रेन युद्धमा समर्थन खोज्ने बहानामा पश्चिमा जगतले झुठको खेति गरिरहेको आरोप लगाएका हुन । पश्चिमाहरु विश्वमा नयाँखालको उपनिवेश चलाउन चाहेको उनको भनाइ थियो । अमेरिका र उसका सहयात्री देशहरुले निरन्तर द्वन्दलाई चर्काइरहेको पनि लाभारोभले बताए । संसार आफ्नो डिजाइनमा चल्नुपर्छ भन्ने मानसिकता पश्चिमाहरुले बोकेको भन्दै लाभारोभले रुसले विश्वलाई उनीहरुको बन्दी बन्न नदिने बताए । ब्ल्याक सि ‘कृष्ण सागर’ हुँदै युक्रेनी खाद्यान्न निकासीका लागि राष्ट्रसंघले अघि सारेको प्रस्ताव रुसलाई मान्य नभएको उनले बताए । रुसमाथिको पश्चिमा नाकाबन्दी नहटेसम्म कुनै पनि प्रस्तावमाथि छलफल नहुने पनि लाभारोभलले बताए । 

प्रतिक्रिया