अमेरिकाको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने अनुमान
एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने अनुमान गरिएको छ ।
आज (शुक्रबार) देखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी जारी गरिएको हो । लस एन्जलसको जंगलमा लागेको आगो पालिसेड्स, ईटन, हस्र्ट, वुड्ली हुँदै हलिवुड हिल्स सम्म पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार तीव्र रुपमा फैलिएर नियन्त्रण बाहिर गएको आगलागीलाई विनाशकारी डढेलोको संज्ञा दिइएको छ । आगलागीले ठूलो मानवीय क्षति भएको अनुमान रहे पनि अहिले सम्म पाँच जनाको ज्यान गएको पुष्टि भएको छ । आगलागीका कारण १८ लाख भन्दा धेरै मानिसहरु प्रभावित भएका छन । साथै हजारौं भौतिक संरचना ध्वस्त भएका छन ।
यसैबीच आगलागी बाट जोगिन सुरक्षित क्षेत्रमा स्थानान्तरण हुने क्रममा केही घरहरुमा लुटपाट भएको रमाचारमा उल्लेख छ । लुटपाटको आरोपमा २० जनालाई पक्राउ गरिएको छ ।
डढेलोको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको र यसको कारण मानवीय गतिविधिले जङ्गलमा आगजनी भएको पाइएमा हरेक मृत्युलाई हत्या मानिने चेतावनी प्रशासनले दिएको छ ।
प्रतिक्रिया