भेनेजुएलामा चर्कियो सरकारविरुद्ध प्रदर्शन

एजेन्सी । भेनेजुएलामा सरकार विरुद्ध प्रदर्शनका क्रममा विपक्षी दलका नेता पक्राउ परेका छन् । 

राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्न माग गर्दै भएको प्रदर्शनमा विपक्षी दलका नेता मारिया मचाडो पक्राउ परेका हुन् । भेनेजुएलाका विपक्षी नेता मचाडो पहिलो पटक सार्वजनिक भएको प्रदर्शनका क्रममा गोली प्रहार गरेको आरोपमा पक्राउ गरिएको जनाएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रदर्शनको नेतृत्वकर्ता पक्राउ परेपछि दर्शनकारीहरु थप आक्रोशित बनेका छन् । उनीहरुले राष्ट्रपतिले राजीनामा नदिए सम्म आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् । 

राष्ट्रपति मादुरोले तेश्रो कार्यकालको शपथ लिनु एक दिन अघि राष्ट्रपति विरुद्ध प्रर्दशन भएको हो । राजधानी काराकासमा भेला भएका हजारौ प्रदर्शनकारीहरुले राष्ट्रपति मादुरो प्रति असन्तुष्टी जनाउँदै राजीनामा माग गरेका छन् । 

सोही क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको छ । प्रदर्शनका क्रममा प्रर्दशनकारीहरुले ठाउँ ठाउँमा आगजनी गरेपछि प्रहरी सँग झडप भएको हो । सो क्रममा दुई हजार प्रदर्शनकारी पक्राउ परेको समाचारमा उल्लेख छ  । 
 

प्रतिक्रिया