सभापति पोखरेलका पूर्व स्वकीय सचिवलाई ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेललाई ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ ।
उनलाई पाँच दिन हिरासत राख्न अनुमति प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । ‘ठगीको कसुरमा पाँच दिनको म्याद थप भएको छ । अब हिरासतमा राखेर उनीमाथि अनुसन्धान हुन्छ’, प्रहरीले भन्यो ।
बिहीबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।
उनले एबीबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका–५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।
प्रतिक्रिया