कतिपय एमालेलाई सिध्याउने भन्छन्, झिँगाले सरापेर डिँगा मर्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बताएका छन् ।

स्ववियु निर्वाचनका सन्दर्भमा बिहीबार अनेरास्ववियुले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले एकता र एकीकरणको चरण २०७८ सालमै सकिएको बताएका हुन् ।

‘...हामी अब आफ्नो पार्टी विस्तार गर्छौ । कोही आउँछ भने मिल्न आउँदा हुन्छ । एमालेमा मर्ज गर्न आए हुन्छ’, उनले भने, ‘...नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बन्दरबाँड गर्ने र सङ्गठनमा योग्यता नभएका मान्छे स्थायी कमिटी सदस्य हुँ भन्छ एउटा भुरो । त्यो सँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बस भन्ने कुरा गर्दैन ।’

अध्यक्ष ओलीले विद्यार्थी इतिहासबारे चर्चा गर्दै एमालेलाई मार्ने र सिध्याउने भनेर कतिपय कराए पनि नसकेको भन्दै झिँगाले सरापेर डिँगा नमर्ने उखान लागू भएको बताए ।

प्रतिक्रिया