अष्ट्रेलियाको नयाँ नियम लाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले दुई दिने शैक्षिक मेला गर्दै

काठमाडौं । अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्स बिगत १५ वर्षदेखि उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षा कार्यक्रममा सहजिकरण गर्दै आएको छ ।
पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाइको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ति नयाँ नियम लागू गर्ने भनेसँगै धेरै विद्यार्थीमा सो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्येनजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ ।
खासगरी कक्षा १२ उत्तिर्ण गरेर बसेका वा स्नातक तहको अध्ययनपछि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि सो मेला आयोजना गरिएको ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविख्यात विश्वविद्यालयहरुबाट प्रतिनिधिहरु आउने छन् ।
मेलामा पछिल्लो समयमा विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने छ । ईडिएफका अनुसार मेला यही सेप्टेम्बर २५ र २६ अर्थात् आगामी सोमबार र मंगलबार आफ्नै प्रधान कार्यालय काठमाडौं न्यूप्लाजामा हुनेछ ।
विद्यार्थीको सुविधाका लागि मेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले मेलाको माध्यमबाट अष्ट्रेलियका प्रतिष्ठित विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया