डढेलोले अमेरिकी चर्चित कलाकारहरुको घर  खरानी

एजेन्सी । अमेरिकाका बिभिन्न चर्चित कलाकारहरुले डढेलोका कारण आफ्नो घर गुमाएका छन् । 

विश्व चर्चित अमेरिकी कलाकारहरु बिली क्रिस्टल र पेरिस हिल्टनले पनि  लस एन्जलस क्षेत्रमा फैलिएको घातक डडेलोका कारण करोडौं डलरका घरहरू गुमाएका छन्।

बस्तीले भरिएको सहर र  त्यस वरपर छ वटा छुट्टाछुट्टै आगोका कारण १ हजार भन्दा  बढी भौतिक संरचनाहरू ध्वस्त भएका छन्।मंगलबार पालिसेड बाट शुरु भएको आगोले त्यसै क्षेत्रमा सबै भन्दा बढी क्षति गरेको हो। लाखौं मानिस घर छाड्न बाध्य भएका छन्। लस एन्जलसमा फैलिएको आगो नियन्त्रण बाहिर गएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जङ्गल बाट फैलिएको आगो बस्तीमा पसेपछि ठूलो रूप लिएको हो । सरकारले १ लाख ५० हजार जना मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरणको आदेश दिएको छ । आगोले बस्तीका कैयौं घर, महँगा सम्पत्ति, कार लगायतका संरचना खरानी बनाएको छ । 

जङ्गल बाट ५० किलोमिटर भित्रको बस्ती सम्म आगो पुगेको छ । एक हजार एकड क्षेत्रफल आगोले ध्वस्त भएको समाचारमा उल्लेख छ । आगलागीका कारण दुई लाख २० हजार मानिसको घरमा बिजुली कटौती भएको छ । दमकल र हवाईजहाज तथा हेलिकप्टरको साथमा सयौं अग्नि नियन्त्रक आगो निभाउन खटिएका छन् । 

सुक्खा वातावरण र तीव्र गतिमा हावा चलेका कारण आगो निभाउने काम कठिन बन्दै गएको अग्नि नियन्त्रकले बताएका छन् ।

प्रतिक्रिया