लेखा समिति सभापति पोखरेलका पूर्व स्वकीय सचिव पक्राउ

काठमाडौं। नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेल पक्राउ परेका छन् । 

ठगी आरोप लागेका उनलाई प्रहरीले बिहीबार बिहान विराटनगर बाटै पक्राउ गरेको हो ।  मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

एम.बी.बी.एस. को प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै  अनिलले सप्तरीका बौआलाल चौधरी बाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारी बाट हटाएका थिए ।

प्रतिक्रिया