शीतलहरले दाउन्नेमा सवारीसाधन आवागमन फेरि बन्द

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा आज (बिहीबार) पनि सवारी आवागमन अवरुद्ध भएको छ । 

मंगलबार राति देखि अवरुद्ध सडक बुधबार दिउँसो केही बेर एक तर्फी रूपमा सञ्चालन भए पनि शीतलहरका कारण सडक चिप्लो भएपछि राति देखि फेरि अवरुद्ध भएको हो । 

शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्ण रूपमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । बिहान दुवै तर्फ सवारी साधनको लामो लाइन लागेको छ । रातभरको जामका कारण यात्रुहरू मारमा परेका छन । 

ठाउँ–ठाउँमा चिप्लोका कारण सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना समेत भएको छ । पूर्ण रूपमा सवारी आवागमन सञ्चालनमा ल्याउन समय लाग्ने प्रहरीको भनाइ छ । 
 

प्रतिक्रिया