भारतको तिरुपति मन्दिरमा भएको भागदौडमा परी ६ जनाको मृत्यु

एजेन्सी। भारतको आन्ध्र प्रदेश स्थित प्रसिद्ध तिरुपति मन्दिरमा दर्शन गर्नका लागि टोकन लिने क्रममा भएको भागदौडमा परी ६ जनाको मृत्यु भएको छ । 

बुधबार राति अबेर भएको उक्त घटनामा २५ जना घाइते भएको जनाइएको छ । १० दिनका लागि मात्रै खुल्ने बैकुण्ठद्वार सर्वदर्शनका लागि टोकन लिन हजारौंको संख्यामा श्रद्धालु लाममा लागेका बेला भागदौड मच्चिएको हो । 

भारतीय सञ्चार माध्यमका अनुसार काउन्टर बाट टोकन लिने क्रममा ६० भन्दा बढी मानिस एक अर्का माथि खसेको र यसले भागदौड मच्चिएको हो । केही श्रद्धालुहरूले भने प्रहरीको लापरवाहीका कारण घटना भएको बताएका छन् । 

दर्शनका लागि टोकन लिने लाइनमा करिब चार हजार मानिस लाम लागेको जनाइएको समाचारमा उललेख छ । बैकुण्ठद्वार दर्शन शुक्रबार १० जनवरी देखि १९ जनवरी सम्म खोलिने जनाइएको छ ।

प्रतिक्रिया