चिसो बढे पछि कञ्चनपुरका विद्यालय बन्द
कञ्चनपुर । एक साता देखि निरन्तर रुपमा शीतलहर चले पछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् ।
शीतलहरका कारण अत्यधिक चिसो बढे पछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् ।
चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थाले पछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गते देखि पुस २८ गते सम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदा बाट मिलान हुने गरी विद्यालयमा पुस २३ गते देखि २८ गते सम्म बिदा दिएको जनाएको छ ।
रासस
प्रतिक्रिया