इन्द्रजात्राका लागि नालाबाट ल्याइएको लिंगो यःसिंलाई भोटाहिटीबाट हनुमानढोका पु¥याइयो, असोज ९ गते लिंगो ठड्याएपछि इन्द्रजात्रा शुरु हुने
काठमाडौं । इन्द्रजात्राका लागि भक्तपुरको नालाबाट ल्याइएको लिंगो अर्थात यःसिंलाई आज भोटाहिटीबाट तानेर हनुमानढोका पु¥याइएको छ । चारदिन अघि भोटोहिटीमा ल्याएको ३२ हातको लिंगो (यःसिं) लाई अष्टमी तिथिको शुभसाइतमा पूजाआजा गरेर भोटाहिटीबाट असन, इन्द्रचोक हुँदै हनुमानढोका पु¥याइएको हो ।
अब हनुमानढोकामा असोज ९ अर्थात द्वादशी तिथिमा लिंगो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि काठमाडौँ उपत्यकामा यस वर्षको इन्द्रजात्रा सुरु हुनेछ । भाद्र शुक्लपक्ष एकादसीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने र द्धवाद्धशीका दिन हनुमान ढोका दरवार क्षेत्रमा ध्वजापताकाले सजाइएको लिंगो ठड्याउने प्रचलन छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा इन्द्रजात्रा हर्षोल्लासपूर्वक मनाइने गरिन्छ । परम्परागत रूपमा नेवार समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइने गरिन्छ । हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरूजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउने गर्दछन् । जात्राका क्रममा तल्लो टोलमा जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ । रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतः’ ल्याउने परम्परा रहेको छ । यसैगरी कुमारी, भैरव र गणेशलाई थःनेया अर्थात (माथिल्लो टोलमा पनि रथ यात्रा गराइन्छ । त्यसपछि नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । काठमाडौंका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रा जात्रा सुरु भएको मानिन्छ ।
प्रतिक्रिया