मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी हुँदा ८ घर जलेर नष्ट
काठमाडौं । मुगुको सदरमुकाम गमगढीमा बजारमा शुक्रबार राति भीषण आगलागी हुँदा ८ घर जलेर नष्ट भएका छन् । गमगढीको कालिका मालिका मन्दिर भन्दा पछाडि रहेको बजारमा राति साढे १ बजेतिर आगलागी हुँदा प्रदीप रावल, पुतली शाही, जंग ऐडी, शान्त्वना खत्री, पञ्च सेजुवालको घर र पदमराज मल्ल टिनको टहरासहित ८ जनाको घर जलेर पूर्णरुपमा क्षति भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । उक्त आगलागीबाट मानवीय क्षति नभएको तर धनमाल सखाप भएको उनको भनाइ छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नगरप्रहरी र स्थानीयले आगो निभाएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । गत असोजमा गमगढीको तल्लो बजारमा आगलागी हुँदा २१ घर जलेर ध्वस्त भएका थिए । गमगढीमा अहिले सम्म ७ पटक आगलागी भइसकेको छ ।
प्रतिक्रिया