दिगो विकास लक्ष्य हासिल हुने योजना बनाउन मन्त्री आचार्यको आग्रह


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन् । शनिवार समाज कल्याण परिषद्द्वारा काठमाडौंमा आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न निर्देशन दिएका हुन् । सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पु¥याउनुपर्ने आवश्यकता रहेको स्पष्ट पार्दै उनले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषद्मार्फत सञ्चालन गर्न निर्देशन पनि दिए । मन्त्री आचार्यले परिषद्द्वारा प्रवाह हुने सेवा, सरोकारवाला निकायहरुबीचको समन्वय, परियोजनाको अनुगमन, मूल्यांकन, सूचना तथा तथ्यांक व्यवस्थापन लगायतका कार्यहरु प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए ।

प्रतिक्रिया