मधेश केन्द्रित दलको मोर्चाबन्दी बिदेशी शक्तिको दवाबमा होइन : हृदयेश त्रिपाठी

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेश केन्द्रित दलहरुबीच बन्दै गरेको मोर्चाबन्दी राष्ट्रिय आवश्यकता सम्बोधन गर्न भएको दाबी गरेका छन् । 

बुधबार एभिन्यूज खबर टेलिभिजनको कार्यक्रम बिशेष सम्वादमा प्रस्तोता सुशील पाण्डेसँगको कुराकानीमा त्रिपाठीले मोर्चा बिदेशी शक्ति केन्द्रको दवाबमा नबनेको पनि जिकिर गरे । संविधान संशोधनका विषयमा मोर्चा एक भएर अघि बढ्ने पनि त्रिपाठीको भनाई छ ।

त्रिपाठीले अहिलेका राजनीतिक दलहरुले देश डुवाउन लागेका पनि बताए । त्रिपाठीसँगको बिस्तृत कुराकानी आज राति ९ बजे एभिन्यूज खबरमा प्रसारण हुनेछ । 
 

प्रतिक्रिया