डा. ओममूर्ति अनिलद्धारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ विमोचन गरियो


काठमाडौं । मानिसको जीवनमा सम्बन्धका बहुआयामिक पक्षहरुको संवेदनशीलतामा आधारित रहेर लेखिएको डा. ओममूर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ विमोचन गरिएको छ । पुस्तकमा लेखक डा. ओम मूर्तिले आफ्नो बाबुसँगको सम्बन्ध र भावनालाई भावात्मक विम्बका रुपमा अभिव्यक्त गरेका छन् । शुक्रबार भएको विमोचन समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यले पुस्तकका बारेमा चर्चा गरेका थिए । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ । २४० पृष्ठको पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्डलाई संस्मरणात्मक रूपमा समेटिएको छ । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असहाय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गरिने जनाइएको छ । 

प्रतिक्रिया