मायादेवी मन्दिरमा १ करोड ४३ लाख दान सङ्कलन
लुम्बिनी । बुद्धजन्म स्थल लुम्बिनी स्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिका बाट एक करोड ४३ लाख ५९ हजार ९ सय ९० सङ्कलन भएको छ ।
चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिका बाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । यही पुस १८ गते देखि २३ गते सम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए ।
दानपेटिकामा सङ्कलित दानलाई क्लोज सर्किट (सिसि) क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले यहाँ दान दिने गर्छन् । दानबापत सङ्कलित आम्दानी बाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए ।
रासस
प्रतिक्रिया