सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला अदालतमा हाजिर

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छिने । 

 प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती रमेत रहेकी अञ्जला आज बुधबार मोरङ जिल्ला  अदालतमा हाजिर भएकी हुन्। मोरङको धनपालथान–३ मा रहेको  उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा उनी मुछिएकी  हुन् । विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला सहितलाई 

गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि उनी फरार थिइन्।  कोइरालाको अदालतमा बयानपछि थुनछेक बहस हुनेछ । 

प्रतिक्रिया