दार्चुला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी
दार्चुला । जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राखिएका छन् ।
‘घ’ श्रेणीको कारागारको २५ पुरुष र १५ महिला राख्ने क्षमता रहेकामा हाल ८५ जनालाई राखिएको जनाइएको छ । यस बाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुबिधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् ।
उनले भने, “थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन् ।” जिल्ला बाहिर बाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।
रासस
प्रतिक्रिया