सरकार र आन्दोलनरत शिक्षकहरुबीच सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

काठमाडौं । सरकार र आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ । शुक्रबार भएको वार्तामा  संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो । संशोधनका लागि सुझाव दिन शिक्षक महासंघका प्रतिनिधिसहित कार्यदल बन्ने भएको छ । वार्तामा विभिन्न बुँदामा सहमति भएको र त्यसलाई लिखित गरेर सार्वजनिक गरिने जनाइएको छ । शिक्षक आन्दोलन पनि फिर्ता हुने सहमति कायम भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो । वार्तापछि सरकारका प्रवक्ता रेखा शर्माले संसद्को सर्वोच्चतालाई ख्याल गर्दै यसलाई परिमार्जन र समृद्ध बनाएर लैजाने जानकारी दिइन् । 
प्रवक्ता शर्माले  शिक्षकहरुले उठाएका मागबारे सकारात्मक रहेको जानकारी दिइन् । उनले संविधानकै प्रतिकूल हुने दिशामा कोही जान नसक्ने बताइन् ।
 

प्रतिक्रिया