यस्ता छन् माओवादीको केन्द्रीय समितिले पारित गरेका १६ प्रस्ताव (पूर्णपाठ)
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौँ बैठकले १६ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय समितिको बैठकले १६ वटा प्रस्ताव पारित गर्दै बैठक समापन भएको हो ।
बैठकले जनतासँग माओवादी अभियान चलाउने निर्णय गरेको बताउँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले अभियानको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय भएको बताए ।
बैठकले संसद्लाई छलेर अध्यादेशमार्फत राज्य सञ्चालन गर्ने र देशलाई दुई दलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गरेको छ । बैठकले तत्काल संघीय संसद् र प्रदेशसभाहरूको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग माग पनि गरेको छ ।
प्रतिक्रिया