‘एकैदिन शुरु भएर एकैदिन समापन भएको एमाले र माओवादीको बैठकलाई जनताले मूल्यांकन गर्नेछन्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एकैदिन शुरु भएर एकैदिन सकिएको माओवादी केन्द्र र नेकपा एमालेको बैठकलाई देश दुनियाँले हेरेर मूल्यांकन गर्ने अवसर पाएको बताएका छन् ।
पार्टीको तीन दिनसम्म चलेको आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकको समापन सत्रलाई सम्बोधन गर्दै दाहालले एमाले र माओवादीको एकैदिन शुरु भएर समापन पनि एकैदिन भएको बैठकको संयोगलाई आफ्नो पार्टीले अरूलाई गालीगलौज होइन, आफ्नो पार्टीको मात्र होइन देशकै आगामी मार्गचित्र स्पष्ट गरेको बताएका हुन् ।
अध्यक्ष दाहालले दुवै पार्टीका बैठकबाट जनताले माओवादी र एमालेबिच को सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा छ ? को आन्तरिक लोकतन्त्रको पक्षमा र को निरंकुश रहेछ भन्ने तुलना गर्ने अवसर पाएको जिकिर गरे ।
उनले भने, ‘एमालेले विवादित विषयमा आलोचना गर्नेमाथि कारबाही र निष्कासन गरेर बैठकको शुरुवात गर्यो भने हामीले पार्टीभित्र उठेका मतलाई देशैभरि परामर्श बैठकमार्फत उच्च लोकतन्त्रको अभ्यासमार्फत बैठक आयोजना गरेर उच्च जनवादको अभ्यास गरेका छौँ । यी दुई पार्टीका बैठकबाट एमालेलाई बुर्जुवा पुँजीवादी पार्टी र माओवादी केन्द्रलाई वैचारिक निष्ठासहितको समाजवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीको रूपमा थप स्थापित गर्ने अवसर प्राप्त भयो ।’
एमाले केन्द्रीय कमिटीको आठौँ बैठक र माओवादी केन्द्रीय समितिको छैठौँ बैठक गत आइतबार शुरु भएर आज (मंगलबार) एकैदिन समापन भएका छन् ।
प्रतिक्रिया