माओवादी बैठक :अध्यक्ष दाहालको प्रतिवेदन पारित,एकवर्षभित्र महाधिवेशन
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
मंगलबार बसेको बैठकले दाहालले पेस गरेको प्रतिवेदन पास गरेको हो । यसैगरी बैठकले पहिलो छ महिना राजनीतिक अभियान र त्यसपछिको अर्को छ महिनापछि पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले फागुन १ बाट ६ महिना जनतासँग माओवादी नामको राजनीतिक अभियान चलाउने निर्णय गरेको हो । अभियानपछिको ६ महिनापछि महाधिवेशनको कार्यक्रमसहित अघि बढ्ने निर्णय पनि बैठकले गरेको हो । यससँगै गत आइतबारबाट जारी बैठकको पनि समापन भएको छ ।
प्रतिक्रिया