यी हुन् एमाले केन्द्रीय कमिटीले पारित गरेका १४ प्रस्ताव (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १४ वटा समसामयिक प्रस्ताव पारित गरेको छ । तीन दिन चलेको केन्द्रीय कमिटी बैठकले १४ वटा प्रस्ताव पारित गर्दै बेठक समापन भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
बैठकले राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर बनेको एमाले र कांग्रेस संयुक्त सरकार गठनपछि राजनीतिक स्थायित्वको आशा जागृत भएको निष्कर्ष समेत निकालेको छ ।
सत्तारूढ दलहरूबिचको आपसी विश्वास तथा समझदारी अझ सुदृढ होस् र यो सरकार प्राप्त ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन, सुशासन, विकास र समृद्धिको अभिभारा र गर्न एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न सरकारलाई बैठकले ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया