क्रिकेट संघको अध्यक्षमा चन्द र राजभण्डारीबीच प्रतिस्पर्धा, सचिवमा पारस खड्काको संभावना
नेपाल क्रिकेट संघ क्यानको नयाँ अध्यक्षमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिस्पर्धा हुने भएको छ । आज र भोलि दुई दिन चल्ने साधारणसभामा दुई जनाले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हुन् । क्यानको केन्द्रीय कार्यसमितिमा एक उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । क्यानको सचिवमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आकांक्षा देखाएका छन् । रोशन सिंहले कोषाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन । साधारण सभा भोलिसम्म चल्नेछ । क्यानको निर्वाचनमा ८६ जनाले मतदान गर्नेछन् । प्रमुख पद जित्न ४४ मत आवश्यक पर्दछ । अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट संघ, जिल्ला क्रिकेट संघ, नेपाल अम्पायर्स तथा कोरर्स संघ र नेपाल क्रिकेट प्रशिक्षक संघबाट चयन भएका प्रतिनिधिहरुले भाग लिन पाउने छन् ।
प्रतिक्रिया