माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (मंगलबार) पनि जारी छ ।
आइतबार बाट काठमाडौंको धुम्बाराही स्थित एक प्यालेसमा जारी बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन माथि सोमबार ८० जना सदस्यले धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
प्रतिवेदन माथि धारणा राख्ने क्रममा सबै जसो सदस्यले प्रष्ट विचार र राजनीतिक दृष्टिकोण सहित अघि बढ्नुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए । त्यस्तै, अध्यक्ष दाहाल सहितका सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उनले बताए ।
विभागहरूलाई प्रभावकारी बनाउने कुरा केन्द्रीय सदस्यहरु जोडतोडका साथ उठाएका छन् । पार्टी महाधिवेशन बारे भने नेताहरुले मिश्रित प्रतिक्रिया दिएको प्रवक्ता सापकोटाले बताएका छन् ।
प्रतिक्रिया