क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले दिए पद बाट राजीनामा

एजेन्सी । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पद बाट राजीनामा दिएका छन् 

आफ्नो नेतृत्व प्रति बढ्दो असन्तुष्टिका बीच प्रधानमन्त्री ट्रुडोले राजीनामा दिएका हुन् । पछिल्लो समय अर्थ मन्त्रीको अचानक बिदाइले सरकार भित्र बढ्दो उथलपुथलको सङ्केत गरेपछि उनले राजीनामा घोषणा गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पार्टी भित्रको तनाव र सांसदहरूको दबाबका कारण राजीनामा दिएको उनले बताएका छन । ट्रुडो लिबरल पार्टीको नयाँ नेता चयन नभए सम्म प्रधानमन्त्री पदमा रहने छन । 

प्रधानमन्त्रीको राजीनामा सँगै विभिन्न आन्तरिक विवादका बीच रोकिएको संसद मार्च २४ सम्म स्थगित भएको छ । यो बीचमा लिबरल पार्टीको नेतृत्व चयन गर्ने बताइएको छ । मेलानी जोली, डोमिनिक लेब्ल्याङ्क र मार्क कानी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ । 

कन्जर्भेटिभ पार्टीको १० वर्षको शासन पछि ट्रुडो सन् २०१५ मा सत्तामा आएका थिए । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी र लागूपदार्थको प्रवाह नरोके सबै क्यानाडाली सामानहरूमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा पछि क्यानडा थप संकटमा छ ।

प्रतिक्रिया