चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प
काठमाडौ । काठमाडौँमा ठुलो भूकम्पको धक्का महसुस भएको छ।
आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ। दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्य सँग सीमा जोडिएको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन। बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्से बाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन्।
खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको छ ।
केन्द्रले छ देखि आठ रेक्टर स्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समय देखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
प्रतिक्रिया