एमाले केन्द्रीय समिति बैठक आज पनि जारी
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज (मंगलबार) पनि जारी रहने भएको छ ।
गत आइतबार देखि काठमाडौंमा शुुरू भएको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री के.पी.शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमा सोमबार ६४ जना केन्द्रिय सदस्य र ५२ जना पोलिटब्युरो र स्थायी कमिटीका सदस्यहरूले आ आफ्नो धारणा राखेका थिए ।
आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ । अध्यक्ष ओलीले नेकपा माओवादीका अध्यक्ष दाहालको अनावश्यक ‘दाउँपेच र छलछाम’का कारण कांग्रेस एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन् ।
कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको दावी गर्दै आर्थिक बिकासमा लागि परेको ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन । सरकारमा नहुँदा ३.९ प्रतिशतको आर्थिक बृद्दिदरमा सिमित भएको बेला सरकारको नेतृत्वमा आएको दाबी गर्दै ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको दाबी गरेका छन् ।
एमाले नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आक्रामक देखिएको ओलीको प्रतिबेदन सत्ता सहयात्री कांग्रेस प्रति भने नरम देखिएको छ ।
प्रतिक्रिया