एमाले केन्द्रीय कमिटी बैठक मङ्गलबार पुनः बस्ने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठक भोलि बिहान ११ बजे पुनः बस्ने भएको छ ।
बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले मङ्गलबार पनि बैठक पुनः बस्ने भएको हो ।
आइतबार शुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया