नेपाल–भारत वाणिज्य सचिव स्तरको बैठक बस्दै

काठमाडौं । नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकन सम्मका विषय वाणिज्य सचिवस्तरको बैठक राख्ने भएको छ ।

यही पुस २५ र २६ गते काठमाडौंमा हुने बैठकमा नेपालले वाणिज्य सन्धि पुनरवलोकन गर्ने लगायतका विषय अघि सार्ने भएको हो । व्यवसायीहरुले ढुवानीको लागत घटाउन, विराटनगर–सुनौली–नौतनवा रेल सेवालाई निरन्तरता दिन र थप बन्दरगाहमा नेपालको पहुँच पुर्‍याउने विषय उठाउन सुझाव दिएका छन ।

बैठकमा २००९ को नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन गर्नपनि नीजि क्षेत्रको सुझाव छ । उत्पत्तिको प्रमाणपत्रको सहजीकरणदेखि तेस्रो देशको उत्पादन नेपालबाट पुनः निर्यात गर्न पाउनु पर्ने लगायतका मुद्दा नीजि क्षेत्रका छन । 

चार वर्षअघि कोभिड महामारीका बेला आईजीसीको भर्चुअल बैठक बसेको थियो । ६–६ महिनामा यो बैठक बस्न सक्ने व्यवस्था छ । तीन दिनपछि बस्ने बैठकमा सन् २००९ को वाणिज्य सन्धि पुनरवलोकनलाई मुख्य एजेण्डा सरकारले पनि बनाएको छ ।

प्रतिक्रिया