भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गरिने
काठमाडौं । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन डिडिए गर्ने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौंलगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय समेत गरेको बताए ।
उनले मूल्याङ्गन भइसकेका क्षेत्रहरुमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको पनि जानकारी दिए ।
गृहमन्त्री लेखकले निर्णयहरु प्रधानमन्त्रीसहित बस्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेश गरिने बताए । परिषद्को बैठकले निर्णय गरिसकेपछि पुनर्निर्माणको कामले तीव्रता पाउने उनको भनाइ छ ।
प्रतिक्रिया