सेयर बजार परिसूचक नेप्समो दोहोरो अंकले बृद्धि

बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से ४४ दशमलव ३४ अंकले बढेर २ हजार २९ अंकमा पुगेको हो । परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेखनीय बृद्धि भएको छ । आज २ सय ७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३ सय ९ कित्ता शेयर ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएको छ । आज वाणिज्य बैंक ११, विकास बैंक १४२, फाइनान्स ७५, होटल तथा पर्यटन ८२, जलविद्युत् १०९, जीवन बीमा १८०, उत्पादन १४७, माइक्रोफाइनान्स ८२, निर्जीवन बीमा १८७, अन्य ३३ र ब्यापार उपसमूह १० अंकले बढ्यो । ११ कम्पनीको मूल्य ९ दशमलव ९ देखि १० प्रतिशतसम्म बढेको छ । ती कम्पनीहरुमा नेसनल हाइड्रो, दिव्यश्वरी हाइड्रो, स्वाभिमान लघुवित्त, हिमाल दोलखा हाइड्रो, मन्दाकिनी हाइड्रो, थ्रीस्टार हाइड्रो, न्यादी हाइड्रो, खानीखोला हाइड्रो, अरुण काबेली पावर, आँखुखोला र बाराही हाइड्रोपावर छन् । अभियान लघुवित्तको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआईसी एसिया बैंक र हिमाल दोलखा हाइड्रोपावर क्रमशः अगाडि रहे ।। 

प्रतिक्रिया