४ बन्धकलाई रिहा गर्न हमास सहमत : इजरायलसँग वार्ता जारी

एजेन्सी । इजरायली बन्धकहरूलाई रिहा गर्न हमास सहमत भएको छ । हमासले आदानप्रदान सम्झौताको पहिलो चरणमा ३४ जना बन्धकहरूलाई रिहा गर्ने भएको हो ।  यसमा सबै महिला, बालबालिका, वृद्ध र बिरामी कैदीहरू समावेश छन ।

यो प्रक्रियामा हमासलाई एक हप्ता लाग्ने बताइएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार हाल हमासले बन्धकहरूलाई रिहा गर्ने सूची पठाएको छैन । गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि कतारमा इजरायल र हमासबीच वार्ता चलिरहेको छ । दुई पक्षबीच सहमतिका लागि अमेरिका, कतार र इजिप्टले केही महिनादेखि मध्यस्थता गर्दै आएका छन ।

पछिल्लो चरणको वार्ता पूर्ण युद्धविराम, गाजापट्टीमा रहेका सेनाको फिर्ती र कार्यान्वयनको विवरण र विस्थापितलाई घर फर्काउने विषयमा केन्द्रित छ । युद्धविराम पहलबीच इजरायलले गाजामा आक्रमण तिब्र पारेको छ । गाजाको आवासीय क्षेत्रमा जारी हवाई आक्रमणमा हिजो मात्रै ८८ जनाको मृत्यु भएको छ भने पछिल्लो तीन दिनमा कम्तीमा २ सय जना मारिएका छन् ।

ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका छन । जारी युद्धमा ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा एक तिहाइभन्दा बढी बालबालिका छन् । अक्टुबर ७ यता मारिने बालबालिकाको संख्या १८ हजार नाघिसकेको छ ।

प्रतिक्रिया