ओली नेतृत्वको सरकार : सुशासन र भ्रष्टाचारविरोधी अभियान रोक्न बनेको अध्यक्ष दाहालको विश्लेषण

काठमाडौं । ओली नेतृत्वको सरकार माओवादी केन्द्र नेतृत्वको सरकारको सुशासन र भ्रष्टाचारविरोधी अभियान रोक्न बनेको र त्यसअनुसार गतिविधि गर्दै अगाडि बढिरहेको माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को विश्लेषण  छ ।

सरकार एकपछि अर्को ढंगले नांगिँदै गएको छ । हाम्रो नेतृत्वमा सरकार रहँदा जुन खालको सुशासन र भ्रष्टाचारको विरुद्धमा पहलकदमी लिइएको थियो त्यो वर्तमान सरकारले छाडेको छ,’ माओबादी केन्द्रका अध्यक्ष दाहालको निचोड रहेको छ, ‘समग्रमा केपी ओली नेतृत्वको सरकार जनताको पक्षमा छैन ।’यो कुरा सदन र सडकबाट जनतासम्म पुर्‍याउने गरी कार्यक्रम बनाउने हो नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)को प्रस्ताव  छ ।

सरकार, सदन र सडक तीनवटा मोर्चामार्फत जनतासँग जोडिने हो । सरकारमा नभएकाले हामीले सडक र सदनको उपयोग गर्ने नै हो,’ अध्यक्ष दाहालले भने ।सदन र सडकको उपयोग गर्दा नेताहरूको भूमिका तोकेर अगाडि बढ्ने नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) को प्रस्ताव  छ ।

उनले भनेका छन्, ‘पार्टीको मूल नेतृत्व र संसद्मा रहेका कमरेडहरू सदनलाई नै मुख्य मोर्चा बनाएर अगाडि बढ्नुपर्छ । बाँकी नेतृत्व पंक्ति र अन्य सबै तहका नेताहरू स्थानीय सरकारको सहयोग लिएर सडकमा जाऔं ।’यसो गर्दा सरकारप्रतिको खबरदारीसँगै जनताको एजेन्डा स्थापित गर्न र पार्टी निर्माणलाई नयाँ ढंगले अगाडि बढाउन सकिने नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले  भने  ।

जनतामा जाने अभियान अन्तर्गत अध्यक्ष दाहालले पहिलो चरणमा हुलाकी राजमार्गकेन्द्रित तराई–मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव अगाडि सारेका छन् ।

सरकार, सदन र सडक तीनवटा मोर्चामार्फत जनतासँग जोडिने हो । सरकारमा नभएकाले हामीले सडक र सदनको उपयोग गर्ने नै हो,’ अध्यक्ष दाहालले भने ।
 

प्रतिक्रिया