‘नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा’
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंका अधिकांश ठाउँमा खानेपानीका नयाँ पाइपलाइन बिच्छ्याउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।
मन्त्रालयमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ पाइपलाइन बिच्छ्याइएका ठाउँमा चाँडै मेलम्चीको पानी बितरण गरिने बताए ।मन्त्री यादवले भने, “पाइपलाइन वितरणको कार्य सकिएर परीक्षणको काम हुँदैछ ।” एक महिलाभित्र काठमाडौं उपत्यकाभित्र नयाँ पाइपलाइन विस्तार गरिएको क्षेत्रमा मेलम्चीको पानी वितरण गरिने उनले दाबी गरे ।
पाइपलाइनबाट भइरहेको पानी चुहावट रोक्न मातहतका निकायलाई निर्देशन दिएको मन्त्री यादवले बताए ।“सडक मर्मत एवं निर्माण गर्ने क्रममा अधिकांश ठाउँमा खानेपानीका पाइप भत्काइएका र फुटाइएका छन् । सम्बन्धित निर्माण कम्पनी र कार्यालयले मर्मत नगरिदिँदा खानेपानी वितरण प्रक्रियामा कठिनाइ उत्पन्न भएको छ”, उनले भने ।
प्रतिक्रिया