शिक्षक आन्दोलनले बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित
शिक्षकहरुको आन्दोलनका कारण बाजुराका ५४ हजार बालबालिकाको पढाई प्रभावित भएको छ । शिक्षकहरु आन्दोलित भएपछि बाजुराका सामुदायिक बिद्यालयहरु बन्द गरेपछि बालबालिकाको पढाई प्रभाबित भएको हो । शिक्षकहरु आन्दोलन गर्न काठमाडौंँ गएपछि बिद्यालय पुगेका बिद्यार्थीहरु निराश हुदै घर फर्किएका छन् । सामुदायिक बिद्यालयहरुमा केहि शिक्षकहरु बाहेक कोहि छैनन् । कक्षाकोठामा बिद्यार्थीलाई पढाउन छाडेर देशभरका शिक्षकहरु आन्दोलित हुँदा सामुदायिक बिद्यालयको पठनपाठन ठप्प भएको छ । जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि, बालमन्दिर लगायत जिल्लाभरका २ सय ३९ सामुदायिक बिद्यालय सुनसान बनेका छन् । सरकारले संसदमा प्रस्तुत गरेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकविरुद्ध शिक्षक, विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन् ।।
प्रतिक्रिया