धादिङ उद्योग बाणिज्य संघमा रोहित भण्डारीको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं  । धादिङ उद्योग बाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन नजिकिदै गर्दा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ ।

यही पौष २७ गते धादिङ उद्योग बाणिज्य संघको ३१ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन हुँदैछ ।  संघको नेतृत्वमा जाने आकांक्षा राखेका ब्यवसायीहरु अहिले उम्मेदवारी घोषणा तर्फ लागेका छन् ।  यसै सन्दर्भमा हालसम्म बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा रोहित भण्डारी पहिलो उम्मेदवार बनेका छन् ।

संघको हालको कार्यसमितिमा सदस्य समेत रहिसकेका धादिङका युवा ब्यवसायी भण्डारीले पुर्व अध्यक्षहरु सवैजनालाई साक्षी राखेर बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्दै सशक्त दावेदारी पेश गरेका हुन् । धादिङ उद्योग बाणिज्य संघमा विधानतः हालको बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान रहेकाले हरेक अधिवेशनमा बरिष्ठ उपाध्यक्ष पदकै लागि रस्साकस्सी हुने गर्दछ । अरु व्ययसायीहरुले पनि भण्डारीलाई समर्थन गरेका छन् । 

भण्डारीले आफू सधैभरी व्यवसायीको हक हितमा लाग्ने प्रतिवद्वता पनि जनाएका छन् । युवा व्यवसायीका रुपमा समेत परिचित भण्डारीको उम्मेदवारी घोषणा पछि धेरै व्यवसायीहरुले उनलाई सघाउने प्रतिवद्धता जनाई सकेका छन् ।  

सुस्त बनेको उद्योगी ब्यवसायीको छाता संस्थालाई चलायमान बनाउन र ब्यवसायी मैत्री बनाउन पनि भण्डारीको आवश्यकता रहेको व्यवसायी राजाराम सिलवालले बताए । 

 बरिष्ठ उपाध्यक्ष पदमा भण्डारी बाहेक हालसम्म अरु कसैले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । 

प्रतिक्रिया