एमाले केन्द्रीय समिति बैठक जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय समिति बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुुरु भएको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।
यस अघि प्रतिवेदन माथि समूहगत छलफल हुने गरेकामा यस पटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्ला बेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको छ । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी छ ।
बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी भएका छन् । दुई दिन भित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया