राष्ट्रपति पदको शपथ लिनु अगाडि ट्रम्पको मुद्दामा अदालतले निर्णय सुनाउने तयारी

एजेन्सी । डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिनु भन्दा १० दिन अगाडि एउटा मुद्दामा अदालतले निर्णय सुनाउने तयारी गरेको छ । 

ट्रम्पले यही जनवरी २० मा पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । त्यसको १० दिन अगाडि न्यूयोर्क अदालतले ट्रम्पलाई पूर्व पोर्नस्टार स्टोर्मी ड्यानल्स सँग ट्रम्पको यौन सम्बन्ध सम्बन्धी मुद्दामा सजायँ सुनाउने तयारी गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार न्यूयोर्कका न्यायाधीश ह्वान मर्चनले डोनाल्ड ट्रम्प विरुद्ध मुख नखोल्न पैसा दिएको सम्बन्धी मुद्दामा फैसला सुनाइने बताएका हुन् । ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःसर्त छोड्ने बारे अदालत बाट निर्णय हुने बताइएको छ । 

अदालतले सजायँ सुनाएमा कानूनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन । अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने छ । ट्रम्पले भने न्यूयोर्क अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गरेका छन् । 

अदालतको तयारीलाई ट्रम्पले बदनियतपूर्ण समेत भनेका छन् ।
 

प्रतिक्रिया