प्रधानमन्त्री दाहालले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री दाहालले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने बताइएको छ । यसअघि प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रसलगायत विभिन्न मित्रराष्ट्रका राष्ट्र प्रमुख एवं सरकार प्रमुखसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गरेका छनरु। भेटवार्तामा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दालाई केन्द्रमा राखेर छलफल भएको बताइएको छ । प्रधानमन्त्री दाहाल भोली न्युयोर्कबाट चीन भ्रमणका लागि प्रस्थान गर्ने तालिका छ । चीन भ्रम(ा सकेर उनी असोज १३ गते स्वदेश फर्किनेछन ।
प्रतिक्रिया