राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)को केन्द्रीय समितिको बैठक आज (आइतबार) पनि बस्ने भएको छ । 

रा.स्व.पा.को केन्द्रीय समिति बैठक शनिबार शुरू भएको हो । आजको बैठकमा शुरूमा संविधान परिमार्जन बारे छलफल हुने नेताहरुले बताएका छन ।

बैठकमा पार्टीको राजनीतिक प्रतिवेदनको प्रस्तावनाको व्याख्या एवं सर्वाङ्गीण विकासको भावी रोडम्याप बारे छलफल हुने सूचि छ ।

जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनका आधारमा गर्नुपर्ने, पार्टीको आगामी कार्यदिशा, कार्यक्रम तालिका बारे छलफल हुने नेताहरुको भनाइ छ । 

बैठकमा केन्द्रीय समिति, सल्लाहकार परिषद् र थिंकट्यांक एवं केन्द्रीय विभागको पुनर्संरचना बारे छलफल हुने बताइएको छ । 

प्रतिक्रिया