इरानमा महिलामाथि कडाइ गर्न हिजाबसम्बन्धी विधेयक संसदवाट पारित

उलग्घंन गर्नेलाई सजाय सहित कठोर ‘ड्रेस कोड’ प्रस्तावित

इरानको संसदले हिजाबसँग सबन्धित कडा कानुन पारित गरेको छ । इरानको संसदले अनिवार्य हिजाब नलगाउने महिलालाई सेवा दिने प्रतिष्ठानका मालिकहरूलाई सजायको व्यवस्था सहितको कानुन पारित गरेको हो । पारित कानुन अनुसार अपराध संगठित रुपमा भएमा, उल्लङ्घन गर्नेलाई १० वर्ष जेल सजाय हुनसक्ने छ । इरानको २ सय ९० सिट भएको संसदमा १ सय ५२ सांसदले सो विधेयक पारित गरेको हो । पारित कानुन संवैधानिक पर्यवेक्षकको रूपमा काम गर्ने अभिभावक परिषद्बाट स्वीकृति हुन बाँकी रहेको छ ।   इरानमा महिलाहरू हिजाब लगाउनु पर्ने आवश्यकताको विरुद्ध लामो समयदेखि लड्दै आएका छन । हिजाब नलगाउने आफ्नो माग पूरा गर्न ठूलो संख्यामा इरानी महिलालाई सरकारले दमन समेत गर्दै आएको छ । 

प्रतिक्रिया